

सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौँ, पुस १३
नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल-कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनको अवधिको हुनेछ ।
यो बिल आउँदाे चैत १७ गते परिपक्व हुने छ । यस्तै, दुई अर्ब बराबरको ट्रेजरी बिल भने ३ सय ६४ दिनका लागि बिक्री गरिने भएको छ । यो बिल आउँदो वर्षको पुस १३ गते मात्रै परिपक्व हुने बैंकले जनाएको छ । यसअघि पनि बैंकले पुस ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।
सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ । तर नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया