
लैङ्गिक हिंसा विरुद्ध वाणगंगा ५ मा र्याली


रामबहादुर गन्धर्व
मंसिर १२ कपिलवस्तु
लैङ्गीक हिंसा अन्त्यको प्रर्तिबद्वता, ब्यक्ति समाज र हामी सबैको ऐक्यबद्वता भन्ने मुल नाराका साथ लैङगीक हिंसा बिरूद्व १६ दिने अभियान अन्र्तगत आज वाणगंगा नगरपालिका वडा नम्बर ५ मा ¥याली निकालिएको छ ।
दिब्यज्योति महिला सहकारी कार्यलयको भवनबाट शुरू भएको ¥याली कोपवा गाउँ परिक्रमा गरि बेदौली चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै वडा नं. ५ का सचिब दिपक पाण्डेले महिला हिंसा रोक्न र महिलाहरुको आर्थिक अवस्थालाई मजवुत बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले वडाका तर्फबाट विभिन्न तालिम गोष्टिका लागि महिला लक्षित कार्यक्रम संचालन तथा बजेट बिनियोजन गर्ने काम भईरहेको बताउनुभयो ।

त्यस्तै ईलाका प्रहरी कार्यलय कोपवाका प्रमुख शिव बहादुर रायमाझीले पनि हिंसा बिरूद्वका अभियान नारामा सिमित नराखी ब्यवहारमा लागू गर्नु पर्ने बताउनुभयो । समुदायमा हुने हिंसाका घटनाका विषयमा प्रहरीसँग साझेदारी गर्नपनि आग्रह गर्नुभयो ।
त्यस्तै दिब्यज्योति महिला बहुउद्देश्यीय सहकारीकि संस्थाकी पुर्व अध्यक्ष रिता पाण्डे सञ्चारकर्मी राम बहादुर गन्धर्व, लगाएले आ–आफ्ना भनाइ सहित निष्पक्ष रूपमा सहयोग गर्ने प्रर्तिबद्वता जनाउनु भएको छ । कार्यक्रम दिब्यज्योति महिला सहकारीकि अध्यक्ष माया पाण्डेको अध्यक्षता तथा वरिष्ठ समाजसेबि राधा पौडेलको स्वागत र संस्थाकी ब्यस्थापक बिष्णुमाया भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया