
कपिलवस्तुकाे विजयनगरमा टिप्परकाेे ठक्करबाट२ जना घाइते, एकको अवस्था गम्भीर

धनी राम काेरी
कपिलवस्तु , १२ मंसिर
कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । विजयनगर आरटीओ सडक मगरघट्टमा दुर्घटना भएको हो ।विजयनगर गाउँपालिका वडा नं. २ मा बस्ने मोटरसाइकल चालक टेकई पासी र पछाडी सवार मगरघट्टा बस्ने हरिलाल बस्याल घाइते भएको अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनुभयो ।मोटरसाइकल चालक पासीको टाउको र मुखमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ भने पछाडी बस्ने बस्यालको दाहिने खुट्टा फ्याक्चर भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको बताइएको छ ।खडैचाबाट सुन्दरीडाँडातर्फ जाँदै गरेको टिप्पर ना ४ ख १२४ नम्बरले लु १४ प ८६०१ नम्बरको मोटरसाइकललाई ठोकिँदा सो दुर्घटना भएको हो । गाडी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया