

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा सरकारलाई ज्ञापनपत्र



कपिलवस्तु मंसीर ११

मेचीमहाकाली बुहारी संयुक्त आवाजले एक ज्ञापनपत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल समक्ष प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । महिला, तथा बालबालिकाको हिंसा विरुद्धको अभियान तथा कडा प्रर्दशनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको संयुक्त आवाज कपिलवस्तुले बलात्कार विरुद्धका आवाज उठाउँदै कानुन कार्यान्वन गर्न सरकारसँग माग गरेका छन् । ज्ञापनपत्रमा सम्माननीय प्रधानमन्त्री ज्यु मेचीमहाकाली संयुक्त आवाजले महिला तथा बालबालिकाको हिंसा विरुद्धको अभियान तथा सडक प्रदर्शनको नेतृत्वदायी भूमिकामा छ भन्ने कुरा सम्माननीय प्रधानमन्त्री ज्यू लाई अवगत नै होला भन्ने कुरा उल्लेख गरिएको छ । नेपालको विद्यमान कानुन र प्रशासनिक संरचना व्यवहारमा पीडितमैत्री देखिएन बरु पीडकमैत्री देखियो किनभने हरेक हत्या र बलात्कारको घटनामा अपराधिले उन्मुक्ति पाउने र पीडित पक्ष न्यायको लागि रुदै सडकमा हिड्नु परेको अवस्था छ भने अपराधि पैसा र पहुुँचको आधारमा खुलेयाम उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था रहेको विज्ञप्तिमा भनिएको छ ।
सभ्य समाजमा यस्ता जघन्य अपराधाको घटना कल्पना समेत पनि गर्न सकिंदैन । बलात्कारीलाई फाँसी नै होस् नभए सर्वस्व सहित आजिवन कारावासको सजाय होस् भन्दै वर्दिवास १४ महोत्तरीकी ६ वर्षीया गुलाव खातुनको बलात्कारपछि हत्या र न्यायपूर्ण प्रर्दशनमा घाइते भएका सन्जय न्यौपानेको मृत्यु भएको छ । यस घटनाकोो निष्पपक्ष छानबीन र दोषी उपर कडा कारबाहीको सुनिश्चितता नभएसम्म मेची महाकाली बुहारी संयुक्त आवाज चुप लागेर नबस्ने चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझदै अधिकारी पौडेलले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताउनु भयाे । यस्ता जति पनि समाजमा घटना भएका छन् , यिनलार्ई शुन्यमा झार्नु पर्ने तर्क गर्नु भयाे । कपिलवस्तु जिल्ला संयाेजक चन्र्दा अर्यालले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियाे ।
सह संयोजक दिना कमाल सुवेदीले बालबालिका र महिला माथि हुने हत्या हिंसा बलात्कार लयातका घटना गराउनेहरुलाइृ मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै आवश्यक परे आफूहरुले जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिनुभएको छ ।
उपाध्यक्ष सुष्मा खाँड, लगायत शाखाका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको प्रेस सल्लाहकार भगवती न्यौपानेले बताउनु भएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया