
बाटो बन्नेमा देशकै नमुना गाउँपालिकाको रुपमा छत्रदेव

मंसिर ९, ई–साझाकुरा
अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले विकास र जनताका समस्या समाधानका दृष्टिले छत्रदेव गाउँपालिका अरुभन्दा अब्बल रहेको दावी गरेका छन् । विकासका दृष्टिले पनि जनताको दैनिक जीवनलाई सहज हुने गरी काम गरिरहेको उनले बताए ।

‘देशमै सबैभन्दा पहिला खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने छत्रदेव गाउँपालिका हो,’ अध्यक्ष पोखरेलले भने, ‘काठको पोलमुक्त गाउँपालिका पनि घोषणा गरिसकेका छौं, सबै दलितको घरमा निःशुल्क सोलर बत्ती वितरण गर्ने नेपालकै पहिलो गाउँपालिका पनि हाम्रै हो भन्ने मलाई लाग्छ ।’
उनले सबै दलितहरुको घरमा विद्युतको पहुँच पुगेको पनि बत्ती नआएको बेला अरुले सोलार किनेर भए पनि काम चलाउने गरेको तर दलितहरुले सोलार किन्न नसक्ने भएका कारण चौबिसै घण्टा उज्यालो दिन एक हजार २ सय ४६ दलित समुदायको घरमा सोलार बत्ती बाँडिएको बताए ।
खानेपानीको अभाव पुरा गर्न गाउँपालिकामा ४० करोडको खानेपानी योजना पारिएको उल्लेख गर्दै उनले हालसम्म २५ सय ५२ घरधुरीमा एक घर एक धारा कार्यक्रम सम्पन्न गरिएको जनाए । गाउँपालिका सबै घरधुरीमा एक घर एक धारा पु¥याईने उनको दावी छ ।
गुल्मीको सदरमुकाम तम्घासदेखि सन्धिखर्क जोड्ने मुख्य सडक कालोपत्रे गर्नका लागि ३६ करोडमा टेण्डर भई कालोपत्रे गर्न लागिएको उनले बताए । उनले ९ करोड लागतमा गाउँपालिकाको प्रशासनिक भवन, कर्मचारी आवासगृह निर्माण हुने क्रममा रहेको जानकारी दिए ।
कृषि प्राविधिक शिक्षाका लागि गाउँपालिकाले ६० लाख खर्चेर ४० जनालाई तीन बर्षसम्म पढाउन लागेको पनि उनले बताए ।
कोभिड १९ का कारण संघीय सरकारले सम्बोधन गर्न नसकेका विषयमा गाउँपालिका स्वयंले बित्तीय दायित्य लिएर पनि ९७ प्रतिशत बित्तीय प्रगति हासिल गरेर नेपाल कै नमुना गाउँपालिका बन्न सकेको उनको दावी थियो ।
भौतिक पूर्वाधार विकासमा मात्र नभई सुशासन र आर्थिक पारदर्शीतामा पनि छत्रकोट गाउँपालिका देशका ४ सय ६० गाउँपालिकामध्ये दोश्रो हुन नपर्ने गरी काम गरिरहेको उनले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया