

बाटो बन्नेमा देशकै नमुना गाउँपालिकाको रुपमा छत्रदेव



मंसिर ९, ई–साझाकुरा
अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले विकास र जनताका समस्या समाधानका दृष्टिले छत्रदेव गाउँपालिका अरुभन्दा अब्बल रहेको दावी गरेका छन् । विकासका दृष्टिले पनि जनताको दैनिक जीवनलाई सहज हुने गरी काम गरिरहेको उनले बताए ।

‘देशमै सबैभन्दा पहिला खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने छत्रदेव गाउँपालिका हो,’ अध्यक्ष पोखरेलले भने, ‘काठको पोलमुक्त गाउँपालिका पनि घोषणा गरिसकेका छौं, सबै दलितको घरमा निःशुल्क सोलर बत्ती वितरण गर्ने नेपालकै पहिलो गाउँपालिका पनि हाम्रै हो भन्ने मलाई लाग्छ ।’
उनले सबै दलितहरुको घरमा विद्युतको पहुँच पुगेको पनि बत्ती नआएको बेला अरुले सोलार किनेर भए पनि काम चलाउने गरेको तर दलितहरुले सोलार किन्न नसक्ने भएका कारण चौबिसै घण्टा उज्यालो दिन एक हजार २ सय ४६ दलित समुदायको घरमा सोलार बत्ती बाँडिएको बताए ।
खानेपानीको अभाव पुरा गर्न गाउँपालिकामा ४० करोडको खानेपानी योजना पारिएको उल्लेख गर्दै उनले हालसम्म २५ सय ५२ घरधुरीमा एक घर एक धारा कार्यक्रम सम्पन्न गरिएको जनाए । गाउँपालिका सबै घरधुरीमा एक घर एक धारा पु¥याईने उनको दावी छ ।
गुल्मीको सदरमुकाम तम्घासदेखि सन्धिखर्क जोड्ने मुख्य सडक कालोपत्रे गर्नका लागि ३६ करोडमा टेण्डर भई कालोपत्रे गर्न लागिएको उनले बताए । उनले ९ करोड लागतमा गाउँपालिकाको प्रशासनिक भवन, कर्मचारी आवासगृह निर्माण हुने क्रममा रहेको जानकारी दिए ।
कृषि प्राविधिक शिक्षाका लागि गाउँपालिकाले ६० लाख खर्चेर ४० जनालाई तीन बर्षसम्म पढाउन लागेको पनि उनले बताए ।
कोभिड १९ का कारण संघीय सरकारले सम्बोधन गर्न नसकेका विषयमा गाउँपालिका स्वयंले बित्तीय दायित्य लिएर पनि ९७ प्रतिशत बित्तीय प्रगति हासिल गरेर नेपाल कै नमुना गाउँपालिका बन्न सकेको उनको दावी थियो ।
भौतिक पूर्वाधार विकासमा मात्र नभई सुशासन र आर्थिक पारदर्शीतामा पनि छत्रकोट गाउँपालिका देशका ४ सय ६० गाउँपालिकामध्ये दोश्रो हुन नपर्ने गरी काम गरिरहेको उनले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया