
ओलीको नेता नेपालसँग छलफल

कार्तिक ३० काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता नेपालसँग भेट गरे । उनले यसअघि उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी विवाद समाधानबारे छलफल गरेका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पेश गरेको प्रस्तावले गर्दा नेकपामा थप विवाद सिर्जना गरिदिएको छ । उक्त प्रस्तावमा वरिष्ठ नेता नेपाल सहित वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको समेत सहमति भएपछि प्रधानमन्त्री ओलीमाथि थप दबाब बढेको छ ।

नेपालसँग आइतबारको भेटमा नेता विष्णु पौडेल पनि सहभागी रहेको ओली निकट स्रोतले जनाएको छ । उक्ट्ट छलफल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने उपायबारे केन्द्रित रहेको बुझिएको छ ।
ओलीले विवाद समाधान गर्न नेता नेपाललाई आग्रह गरेको समेत नेकपा स्रोतले बताएको छ । गत शुक्रबार दाहालले पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको बताइएको छ । पछिल्लो केही सातादेखि नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्न थालेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया