

सात जना स्वास्थ्यकर्मीले छोडे कोरोना अस्पतालको जागिर



कार्तिक २७ बुटवल ।
बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका ७ जना मेडिकल अफिसर काम छाडेर हिड्दा उपचार सेवा प्रभावित भएको छ । जोखिम भत्ता समयमा नपाएको भन्दै उनीहरु राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिएपछि उनीहरुको मागको विषयमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो ।
छलफलमा मन्त्री बरालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि चिकित्सकहरुले काममा फर्कन सहमति जनाएका थिए । तर अहिले सम्म पनि कोरोना अस्पताल फर्केका छैनन् । मेडिकल सेवा नहुँदा कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुले मात्र हेरेका छन् । काम छाडेर हिड्दा आइसियुको उपचारमा समस्या भएको छ ।
३ महिनादेखीको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले अस्पतालमा राजीनामा बुझाएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट डा राजेन्द्र प्रसाद खनालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि काम छोडेर हिँडेको बताए ।
खनालले संबेदनशिल ठाउँ छोडेर हिँडेर चिकित्सकहरुले गैर जिम्मेवार चरित्र प्रदर्शन गरेको बताए । ‘एउटा सम्बेदनशिलता हुनुपथ्र्यो । बिरामीको अपरेसन गर्दा गर्दै छोडेर हिडे जस्तो भयो’(उनले भने । खनालले उनीहरु नआएपनि अस्पतालको सेवा प्रभावित हुन नदिने वैकल्पिक व्यवस्था गर्ने बताए ।
काम छोडेका मध्ये एक जना मेडिकल अफिसरले लिखित प्रतिबद्धता माग गरेको र त्यो आउने बित्तिकै काममा फर्कने बताए । उनले अस्पताल प्रसासन र मन्त्रालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएको बताए ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया