बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण

ई–साझाकुरा, कार्तिक २

बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाईरसको शंका लागेर नीजि स्तरबाट स्वाब जाँच गराएका मध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार २ जना वित्तिय संस्थामा काम गर्ने कर्मचारी र चार नम्बर जितपुरमा रहेको बैँक प्रमुख १ जना रहेका छन् ।

वडा नम्बर २ का  ३७ र ३४ बर्षिय पुरुष १ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी महिलामा कोरोना  संक्रमण पृष्टि भएको हो ।

प्रतिक्रिया

खबर सबै