

भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज खुल्ने


असोज १५, काठमाण्डौ
भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् ।
१० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ ९डिस्ट्यान्स लर्निङ० लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।
१५ अक्टोबरदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ । तर केही प्रतिबन्ध भने लागू हुनेछन् । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीट भर्न पाइने छैन अर्थात् आधा सीट खाली हुनुपर्नेछ ।
सरकारले लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ । यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना सङ्क्रमितको संख्या बढिरहेको क्षेत्रमा भने ३१ अक्टोबरसम्म कडा लकडाउन लागू हुनेछ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया