

संविधान दिवस : बुद्धभुमिमा फरक क्षमता भएका वालवालिकालाई सामग्री वितरण


असोज ३ कपिलवस्तु
संविधान दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले फरक क्षमता भएका बालबालिकालाई सामग्री वितरण गरेको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने फरक क्षमता भएका ९ जना बालबालिकालाई नगरपालिकाले बस्तुगत सामग्री वितरण गरेको हो ।
दुई जना अर्घाखाँचीका सहित अन्य कपिलवस्तुका वालवालिकाहरुलाई सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सोही कार्यक्रमका बिचमा स्थानीय राजपत्र ७ औं खण्ड पनि सार्वजनिकी गरिएको छ । संविधानले दिएका अधिकारको सही कार्यान्वयनमा गर्दै स्थानिय नागरिकहरुलाई अधिकार प्रदान गर्नमा नगरकार्यपालिका पूर्ण प्रतिबद्ध रहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
नेपालको संविधानले स्थानिय तहलाई दिएका अधिकारको समुचित प्रयोग गर्दे कानुन निर्माण तथा त्यसको सहि र वस्तुगत कार्यान्वयनमा सबैको साझा सहभागिता सहित समझदारीपूर्ण वातावरण तय गरिएको पनि उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष पिताम्बर खनाल, नेपाली कांग्रेसका नगर नेता हिमलाल न्यौपाने, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विष्णुहरि शर्माले लगाएतले संविधानको सफल कार्यान्वयन सँगै सबैको अधिकार समस्टिगत गर्ने कुरामा जोेड दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति माधव दमासे, राप्रपाका नगर नेता अर्थ बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका नगर प्रतिनिधि माधव पौडेल लगायतले बोल्दै संविधानको कार्यान्वयन पक्षलाई नै जोड दिनुभएको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया