



प्रदेश ५ मा कोरोना निको हुनेको दर ७३ प्रतिशत


भदौ ३० कपिलवस्तु
प्रदेश पाँचमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ८ हजार ५ सय ४४ पुगेको छ । प्रदेशका १२ जिल्लामा संक्रमित भएका मध्ये हाल २ हजार १ सय ७९ रहेको छन । ति मध्ये २४९ जनामा लक्ष्यण सहितको कारोना देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । आज प्रदेश पाँचमा कुल ९७ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिला २९ र पुरष ६८ जना रहेका छन् ।
प्रदेश पाँचमा कोरोनालाई जितेर घर फर्कनेको संख्या अहिले सम्म ६ हजार २ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३१ जनाले कोरोनालाई जितेको आजको नियमित प्रेस ब्रिफिङका क्रममा सूचना अधिकारी डा. पौडेलले जानकारी दिनुभयो । अहिले सम्म प्रदेश पाँचमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । यो सँगै कोरोनाका कारण भएको मृत्यु दर ०.५७ प्रतिशत रहेको छ ।
रोग व्यवस्थापनका लागि संचालित आईसोलेसन अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशशिक अस्पतालमा ३६ जनाको सामान्य, १५ जनाको आइसियु र १ जनालाई भेण्टिलेटरमा राखि उपचार भईरहेको उहाँले बताउनुभयो । त्यस्तै भिम अस्पताल भैरहवामा २४ जनाको सामान्य र ३ जनाको आईसियुमा उपचार भईरहेको छ । उता भेरी अस्पताल नेपालगञ्ज बाँकेमा ५० जना सामान्य र४ जनाको आइसियुमा उपचार भईरहेको छ भने बेलझुण्डि कोरोना अस्पताल दाङमा ५२ जना संक्रमितहरुको सामान्य कक्षमा उपचार भईरहेको छ ।
प्रदेश सरकारले लक्ष्यण बिहिन संक्रमितका लागि १०२ वटा आईसोलेसन केन्द्र बनाएको छ जसमा हाल १० हजार ६सय ५ जनालाई राखिएको जनाइएको छ ।
अहिले प्रदेश पाँचमा कोरोनाको ८ प्रतिशत पोजेटिब केस रहेको र निको हुनेको दर ७३ प्रतिशत रहेको पनि डा. पौडेलले बताउनुभयो ।
यता कपिलवस्तु जिल्लामा भने अहिले सम्म १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । हाल जिल्लामा ३ सय ९३ जनाको पिसिआर रिर्पाेट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । अहिले सम्म कपिलवस्तुमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया