
प्रदेश ५ मा कोरोना निको हुनेको दर ७३ प्रतिशत




भदौ ३० कपिलवस्तु
प्रदेश पाँचमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ८ हजार ५ सय ४४ पुगेको छ । प्रदेशका १२ जिल्लामा संक्रमित भएका मध्ये हाल २ हजार १ सय ७९ रहेको छन । ति मध्ये २४९ जनामा लक्ष्यण सहितको कारोना देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । आज प्रदेश पाँचमा कुल ९७ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिला २९ र पुरष ६८ जना रहेका छन् ।
प्रदेश पाँचमा कोरोनालाई जितेर घर फर्कनेको संख्या अहिले सम्म ६ हजार २ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३१ जनाले कोरोनालाई जितेको आजको नियमित प्रेस ब्रिफिङका क्रममा सूचना अधिकारी डा. पौडेलले जानकारी दिनुभयो । अहिले सम्म प्रदेश पाँचमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । यो सँगै कोरोनाका कारण भएको मृत्यु दर ०.५७ प्रतिशत रहेको छ ।
रोग व्यवस्थापनका लागि संचालित आईसोलेसन अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशशिक अस्पतालमा ३६ जनाको सामान्य, १५ जनाको आइसियु र १ जनालाई भेण्टिलेटरमा राखि उपचार भईरहेको उहाँले बताउनुभयो । त्यस्तै भिम अस्पताल भैरहवामा २४ जनाको सामान्य र ३ जनाको आईसियुमा उपचार भईरहेको छ । उता भेरी अस्पताल नेपालगञ्ज बाँकेमा ५० जना सामान्य र४ जनाको आइसियुमा उपचार भईरहेको छ भने बेलझुण्डि कोरोना अस्पताल दाङमा ५२ जना संक्रमितहरुको सामान्य कक्षमा उपचार भईरहेको छ ।
प्रदेश सरकारले लक्ष्यण बिहिन संक्रमितका लागि १०२ वटा आईसोलेसन केन्द्र बनाएको छ जसमा हाल १० हजार ६सय ५ जनालाई राखिएको जनाइएको छ ।
अहिले प्रदेश पाँचमा कोरोनाको ८ प्रतिशत पोजेटिब केस रहेको र निको हुनेको दर ७३ प्रतिशत रहेको पनि डा. पौडेलले बताउनुभयो ।
यता कपिलवस्तु जिल्लामा भने अहिले सम्म १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । हाल जिल्लामा ३ सय ९३ जनाको पिसिआर रिर्पाेट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । अहिले सम्म कपिलवस्तुमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया