

देशभर १०२ जना पत्रकारमा कोरोना, कपिलवस्तुका ७ संक्रमित ।। १ को मृत्यु ।।


भदौ २९, कपिलवस्तु
नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ प्रदेशका एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
यसैबिच यता कपिलवस्तु जिल्लामा अहिले सम्म ७ जना पत्रकार कोरोना संक्रमित भएका छन भने एक जनाको कोरोना के कारण मृत्यु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कपिलवस्तुका अनुसार सबैभन्दा बढि कपिलवस्तु नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वाणगंगा नगरपालिकाका २ जना र बुद्धभुमि नगरपालिकाका १ जना पत्रकारमा कोरोना देखिएको महासंघ जिल्ला अध्यक्ष डिलाराम भुषालले बताउनुभयो । एक जनाको मृत्यु भएको र अन्य सबै निको भएको उहाँले जानकारी दिनुभयो ।
कोरोना महामारीको रिर्पाेटिङ र समाचार संकलनका क्रममा अग्रभागमा खटिएका पत्रकारहरु संक्रमित भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुले जनाएको छ । प्रदेश ५ मा भने अहिले सम्म १२ जना पत्रकारमा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये केही निको भएका छन भने केही आईसोलेसनमा रहेका छन् ।


खबर सबै
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद






प्रतिक्रिया