

दाङमा अब दैनिक ६ घण्टा बजार खुल्ने



भदौ २१ दाङ ।
दाङमा अब मध्याह्न १२ बजेसम्म बजार खुल्ने भएका छन् । संकट व्यवस्थापन समितिको आजको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । सबैले बिहान ६ घण्टा बजार खोल्ने कुरामा सहमति जनाएको रिजालको भनाइ छ । मध्याह्न १२ बजेपछि भने पुनस् नियमित रूपमा लकडाउन हुने प्रजिअ रिजालले बताए । बिहान ६ घण्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने उनको तर्क छ । अघिल्लो साता बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरिस संक्रमितको संख्या ९९२ पुगेको छ। त्यसमध्ये ८५७ जना निको भएर घर फर्किएका छन् भने १३३ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट अहिलेसम्म दाङमा २ जनाको मृत्यु भएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया