

फेसबुकबाट इस्लामिक धर्मगुरूको अपमान गरेको भन्दै भारतको बेंगलुरूमा हिंसा, ३ जनाको मृत्यु



एजेन्सी – सामाजिक सञ्जाल फेसबुकबाट इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै भारतको बेंगलुरूमा हिंसा भड्किएको छ ।
फेसबुकमा आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्ति पुलिकेशिनगरस्थित कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका आफन्त भएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरूले उनको घरअघि पनि प्रदर्शन गरेका थिए ।
प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेका छन् ।
मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएको बेंगलुरूका आयुक्त कमल पन्तले बताएका छन्। हिंसा भड्किएपछि त्यहाँ कर्फ्यू आदेश जारी गरिएको थियो।
कर्णाटक राज्यका गृहमन्त्रीले उक्त घटनामा मानवीय क्षति भएको पुष्ट गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार फेसबुकबाट उक्त सामग्री मेटिएको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया