

एक वर्षमा दोस्रो बजारमा ११० अर्बको सेयर थपियो


ई–साझाकुरा, साउन २४

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रारम्भिक पुँजीको २५ प्रतिशत बराबर डिबेञ्चर अनिवार्य रुपमा जारी गर्नुपर्ने निर्देशन दिएसँगै यो वर्ष ऋणपत्रको सूचीकरण उल्लेख्य रुपमा बढेको छ । यो वर्ष १६ वटा कम्पनीले डिबेञ्चर जारी गरेकोमा ३१ अर्ब ९४ करोड रुपैयाँको डिबेञ्चर बिक्री भई दोस्रो बजारमा सूचीकृत भएको छ । १ हजार रुपैयाँ प्रतिकित्ता मूल्य रहेको त्यस्तो डिबेञ्चर १० देखि १२ बैंक तथा वित्तीय संस्थाहरुले प्रतिशत ब्याजदरमा बिक्री गरेका थिए ।
प्रारम्भिक साधारण निष्कासन (आईपीओ) तर्फ भने आर्थिक वर्ष २०७६/७७ २३ अर्ब रुपैयाँका नयाँ सेयर थपिएको छ । यो वर्ष जम्मा ८ वटा कम्पनीका आईपीओ निष्कासन भएका थिए । साञ्जेन, रसुवागढी र हिमाल दोलखा गरी तीनवटा हाइड्रोपावर कम्पनी तथा सबैको लघुवित्त, आँधिखोला लघुवित्त, घोडाघोडी लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी एनआईशी एशिया लघुवित्तको सेयर मात्रै सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । पुनर्बीमा कम्पनी अहिले सेयर बजारको सर्वाधिक ठूलो कम्पनीमध्ये ५ औं नम्बरमा छ ।
त्यस्तै, यो वर्ष ६ वटा म्युचुअल फण्डको ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५७ करोड ४० लाख इकाई आईपीओ समेत बिक्री भएर दोस्रो बजारमा सूचीकृत भएको छ । यो उल्लेखित आईपीओ बाहेकको ईकाई आईपीओ हो । नबिल ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, एनआईसी एशिया ब्यालेन्स फण्ड, सनराइज म्युचुअल फण्ड, सिटिजन्स म्युचुअल फण्ड २ तथा एनएमबी ५० समेत गरी सो मात्रामा इकाई बिक्री भएको नेप्सेको तथ्यांक छ । यो प्रतिईकाई १० रुपैयाँमा बिक्री हुने गरेको छ ।
यो वर्ष १३ वटा कम्पनीले हकप्रद सेयर जारी गरी सो सेयर दोस्रो बजारमा सूचीकृत गरेका छन् । ३ वटा निर्जीवन बीमा कम्पनी, एउटा जीवन बीमा कम्पनी, ५ वटा लघुवित्त, एउटा विकास बैंक तथा ३ वटा फाइनान्स कम्पनीका हकप्रद सेयरहरु यो वर्ष जारी भएकोमा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरका सेयर यो अवधिमा थपिएका छन् । त्यसमध्ये जीवन कीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र फाइनान्स कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउने प्रयोजनका लागि यस्तो सेयर जारी गरेका हुन् भने लघुवित्त र विकास बैंकले पुँजी वृद्धिको प्रयोजनका लागि मात्रै यस्तो हकप्रद सेयर जारी गरेका हुन् । यो वर्षदेखि राष्ट्र बैंकले भन आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थाको हकप्रद बिक्री बन्द गरिदिएको छ ।

२० संस्था गाभिएर ९ वटामा सीमित
आर्थिक वर्ष २०७६/७७ मा विभिन्न संस्थाहरु मर्जर तथा भई १० वटा कायम भएका छन् । ओमी लघुवित्तसँग नागरिक लघुवित्त, ग्लोबल आईएमई बैंकसँग जनता बैंक, कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग, देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकसँग, सुर्योदर लघुवित्त र त्रिलोक लघुवित्त, तिनाउ विकास बैंकसँग मिसन डेभलपमेन्ट तथा एनएमबि बैंकसँग ओम डेभलपमेन्ट बैंक मर्जरमा गएका थिए ।
त्यस्तै, प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंक र बन्काई विकास बैंकलाई तथा साइन रेसुङ्गा बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक आफूमा गाभेको छ । मर्जर तथा प्राप्तिपछि १५ अर्ब रुपैयाँ बराबरका सेयर स्वाप भएर नयाँ कम्पनीको सेयरमा रुपान्तरण भएका छन् ।
साउन लागेपछि थप ६ अर्बको सेयर
नयाँ आर्थिक वर्ष सुरु भएको ३ सातामै ६ अर्ब रुपैयाँ बराबरका सेयर थपिएका छन् । यो अवधिमा ६ वटा एक्विजिसन र मर्जर, १५ वटा कम्पनीको बोनस सेयर र ३ वटा कम्पनीको आईपीओ सूचीकृत हुँदा थप ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर थपिएको हो ।
यो अवधिमा देव विकास बैंक अहिले कुमारी बैंकमा विलय भएर एकीकृत कारोबार गरेको छ । त्यस्तै, मेगा बैंक लिमिटेडले गण्डकी विकास बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु समेत गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स, साधना लघुवित्त, एनआईशी एशिया लघुवित्त लगायतको आईपीओ समेत सूचीकृत भएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया