

नेकपा कपिलवस्तुले पार्टीको दैनिक सेवा र गतिविधिमा रोक लगायो


ई–साझाकुरा कपिलवस्तु , साउन २३
नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले जिल्लामा पार्टीको दैनिक सेवा तथा गतिविधि बन्द गरेको छ ।
कोभिड १९ का कारण सिंगो राष्ट्र नै आक्रान्त बनेको र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आब्हान गरेको कडाई सँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले आफ्नो दैनिक सेवालाई बन्द गरेको जनाएको हो ।
जिल्ला सदरमुकाम तौलिहवा स्थित आफ्नो जिल्ला पार्टी कार्यालयबाट प्रवाह गर्दै आएको दैनिक सेवा तथा गतिविधी लकडाउन अवधीभरका लागि बन्द गर्ने निर्णय गरेको नेकपाका जिल्ला पार्टी कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनुभयो ।
यसै बीच नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पाख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी एक संयुक्त प्रेस विज्ञप्ती मार्फत कोभिड १९ बाट आफु सुरक्षित रहन र समुदायलाई सुरक्षित राख्ने कार्यमा सक्रिय रहन कार्यकर्तामा अपिल गरीएको छ ।
कोभिड १९ नियन्त्रण सबैको साझा प्रयत्नबाट मात्र संभव रहेको उल्लेख गर्दै यसको नियन्त्रणमा आम नागरिकको महत्वपूर्ण भूमिका रहने विज्ञप्तिमा उल्लेख छ । कोरोनाको जोखिम बढिरहेकाले सचेत रहन पार्टीले आग्रह गरेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया