

कांग्रसको विवाद : पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा


साउन,१५ काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ ।
देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको थियो ।तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको हो ।पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने ‘महामन्त्री र मैले यसअघि पनि पत्र लेखेरै ध्यानार्षण गराएका थियौं । तर सभापतिले सुन्नुभएन, जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौं ।’तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कार्यकालको तेस्रो वर्षमा गरेको विभाग गठनलाई स्वयं वर्तमान सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सबै विभाग खारेज गरेको पनि पौडेल समूहले स्मरण गराएको छ ।
पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरे । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गरे ।
पत्रकार सम्मेलनमा महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया