कांग्रेसको पदाधिकारी बैठक आज

पुष १ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिए।
उक्त पार्टीका शीर्षस्थ नेताहरुले सरकारले अध्यादेश ल्याउनुलाई ‘सर्वसत्तावादी सोच’को संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत आक्रोश जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् बैठक छलेर अध्यादेश ल्याउने कार्य अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। ‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ’, सभापति देउवाले भनेका छन्, ‘यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ।’ उनले अध्यादेशमा कांग्रेसको विमति रहेको प्रस्ट पार्दै फिर्ता नभएसम्म परिषद् बैठकमा सहभागी नहुने जनाएका छन्।

प्रतिक्रिया

खबर सबै