कपिलवस्तुमा स्कार्पियो दुर्घटना हुँदा चार जना घाईते..

कपिलवस्तु जिल्लामा स्कार्पियो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका- ९ चौवन्नपुरमा आज आईतबार दुर्घटना भएको हो ।

दाङबाट यशोधरा गाउँपालिकाको खुनुवा तर्फ जाँदै गरेको बा १३ च ३२९२ नम्बरको स्कारपियो साँझ ६ बजे तिर दुर्घटना भएको ईलाका प्रहरी चौकी गुरुसिङ्गेका ईन्सपेक्टर कृष्ण रानाले रातो प्रेसलाई जानकारी गराउनु भएको छ ।

दुर्घटनाबाट घाईते हुनेमा गाडी चालक दाङको राप्ती गाँउपालिका १ बस्ने ४४ बर्षिय झविन्द्र ओली, सोही ठाँउमा बस्ने २८ वार्षिय रोशन गुप्ता, १६ बर्षिय अमन गुप्ता र कृष्णनगर नगरपालिका- ९ बस्ने ३९ वर्षिय एस कुमार गुप्ता रहेका छ्न् ।

दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार कपिलवस्तुको चन्द्रौटा हस्पिटल प्रा.लि.मा भईरहेको छ । स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै