

शितलहरबाट जोगिन तत्काल विपद कार्ययोजना बनाऔँ : प्रजिअ पौडेल



मंसिर २६, ई–साझाकुरा
जिल्लामा शितलहर बढे संगै शितलहरबाट जोगिनको लागि विपद सम्बन्धि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले निर्देशन दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकमा सो कुरा बताउनु भएको छ । प्रजिअ पौडेलले जुन स्थानिय तहले विपद सम्बन्धि कार्ययोजना नबनाएको स्थानिय तहले तत्कालै योजना बनाएर कार्यन्वयनमा ल्याउनु पर्ने निर्देशन दिनु भएको हो ।
शितलहरबाट बढी प्रभावित हुने ११ जिल्ला मध्ये कपिलबस्तु पनि रहेको छ । शितलहरबाट प्रभावित हुने जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, सुनसरीको दक्षिणी भाग, नवलपरासी पश्चिम र कपिलबस्तु रहेको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रत्येक बर्ष समुदायिक बन संग सहकार्य गरेर चोक चोकमा दाउरा बाल्ने, विद्यालयमा रहेको विपन्न, गरीब विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लगायतको कार्य गर्दै आएको र यो वर्ष पनि नगर जारी राख्ने बताए ।
त्यस्तै शिवरज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगर भित्र रहेका ८० बर्ष भन्दा माथिकालाई कम्बल बड्ने योजना रहेको बताए । साथै चोक चोकमा दाउरा बाल्नको लागि सामुदायिक वनहरुसंग सहकार्य भइसकेको उनले बताए ।
सो कार्यक्रममा विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले न्यानो लुगा लगाउने र ओढ्नेका लागि गाँउपालिकाबाट योजना रहकोे बताए । अध्यक्ष थापाले जो विगतको ३ वर्षमा पाएको बहेकलाई न्यानो कपडा वितरण गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जाडोबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्धार प्राणलीबाट वितरण गर्नु पर्ने बताए । साथै उनले मिडियाबाट हुने सम्पूर्ण सहयोग गर्ने बताए ।
सो अवसरमा बोल्दै तौलिहवा अस्पतालका मे सु डा. किशोर बन्जाडेले अस्पतालमा ओषधीको समस्या नरहेको बताए । कपिलबस्तु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिरेप चौधरीले कपिलबस्तु नगरपालिकाले विपदको लागि विपद कोष नै खडा गरेको बताए ।
जिल्लाका विभिन्न स्थानबाट प्राकृतिक प्रकोपजन्य घटनाका कारण राहत माग गरी दिएको निबेदन अनुसार जिल्ला प्रकोप व्यवस्थापन कोषबाट १६ जनालाई १५ हजारको दरले रहत दिने, जिल्लामा सर्प दंशका कारण मृत्यु भई राहत माग गर्न निबेदन दिएका शिवराज नगरपालिका १ क ीआरती वि.क र बाणगंगा नगरपालिका ११ का राजु लम्साललाई राहतका लागि आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएका छ । त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्र भित्र वर्षातको समयमा बढीले काटन गरी क्षति भएको क्षति न्यूनिकरणका लागि गृह मन्त्रालय, आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएको प्रजिअ पौडेलले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारी शसस्त्र प्रहरी उपरिक्षक धु्रव कार्की, डिभिजन वन कार्यालय तौलिहवाका डिभिजन प्रमुख ईश्वरी पौडेल, नेपाल रेडक्रम सोसाइटि तौलिहवाका मन्त्री रिंकु श्रीवास्तव, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, स्थानिय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया