
नेप्से बिहीबार सामान्य बढ्याे

काठमाण्डौ, मंसिर २५
शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से बिहीबार ८ दशमलव २७ अङ्कले बढेर १९ सय ६४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरसम्म घटेको नेप्से कारोबार बन्द हुने बेलामा भने केही सुधार भएको हो ।
बिहीबार विकास बैंक र जलविद्युत् बाहेक अरु समूहको शेयर सामान्य बढेको छ । बिहीबार जीवन बीमा समूहको शेयर २ सय ६ अङ्कले, उत्पादन समूहको शेयर १ सय १८ अङ्कले, निर्जीवन बीमा समूहको ७४, व्यापारको ३८, होटलको ३० र बैंकिङ समूहको शेयर ८ अङ्कले बढेको छ ।
बिहीबार दुई सय चार कम्पनीका ९८ लाख ८३ हजार कित्ता शेयर चार अर्ब १४ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोडभन्दा धेरैको कारोबार भएको छ ।
बिहीबार लिबर्टी इनर्जी कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह







प्रतिक्रिया