
ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

मङ्सिर २४ काठमाडौं ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको हो।
अध्यक्षद्वयको भेटमा मंसिर २८ गतेका लागि बोलाइएको स्थायी समिति बैठकका विषयमा केन्द्रित छलफल भएको छ। कात्तिक २२ गते प्रचण्डसहितका पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै ओलीलाई दुई पन्ने पत्र बुझाएपछि नेकपामा पत्र शृङ्खला नै चलेको थियो। त्यसपछि अध्यक्षद्वयबीच अदानप्रदान भएका पत्र सार्वजनिक भएपछि नेकपाको पछिल्लो विवाद उत्कर्षमा पुगेको थियो।
नेकपा सचिवालय बैठकमा कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेपछि विवाद चर्किदै आएको छ। ओलीले प्रचण्डको उक्त प्रस्तावलाई ‘आरोप–पत्र’को संज्ञा दिँदै मंसिर १३ गते ३८ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्र र राजनीतिक दस्तावेजले सचिवालयमा विवाद उत्पन्न भएपछि कात्तिक २१ गते स्थायी कमिटी बैठकमा पत्र र राजनीतिक दस्तावेज प्रस्तुत भएका छन्। सबै स्थायी कमिटी सदस्यलाई अध्ययनका लागि राजनीतिक दस्तावेज वितरण गरेर पहिलो बैठक सम्पन्न भएको छ। उक्त बैठकमा अध्यक्ष ओली भने उपस्थित भएनन्। ओलीले प्रचण्डले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने माग गरेका छन्।
आगामी बैठकमा प्रधानमन्त्रीको ओलीको सहभागीता र पार्टी एकतालाई निरन्तरता दिने विषयमा बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ। यद्यपि छलफलमा केही सहमति भने हुन सकेको छैन।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया