
कपिलवस्तुकै पवित्र धार्मिक तथा पर्यटकीय स्थल नन्दनगरमा मार्कण्डेय पुराण तथा नवकुण्डिय महायज्ञ सुरु

- कपिलवस्तुकै पवित्र धार्मिक तथा पर्यटकीय स्थल बाणगंगा २ नन्दनगरमा २६ औँ मार्कण्डेय पुराण तथा नवकुण्डिय महायज्ञ सुरु भएको छ ।
मनकामना कैलाश आश्रम तथा संस्कृत विद्यापीठ गुरुकुलम्को आयोजनामा सुरु भएको ‘श्रीमद् ब्रहम्म २६ औँ मार्कण्डेय पुराण महाअनुष्ठान प्रवपुराण नवकुण्डिय महारुद्री हवनात्मक धनधान्यञ्चल महाआरती’ आगामी २२ गतेसम्म हुने छ । यसको सोमबार तथा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले नवकुण्डमा ध्वनात्मक हवन गरेर उद्घाटन गर्नु भएको छ ।
आश्रममा रहेको मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलम्को सहयोगार्थ श्री ब्रहम्मनिष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द स्वामीको सानिध्यतामा महायज्ञ आयोजना गरिएको यज्ञ मूल आयोजक समितिका अध्यक्ष खिमानन्द घिमिरेले जानकारी दिए ।
महायज्ञ अवधिभर प्रसिद्ध पंडित विष्णु ज्ञवालीले प्रवचन दिनु हुने छ भने सन्त शिरोमणी ब्रहम्निष्ठ १००८ स्वामी लोकानन्द स्वामीले दार्शनिक प्रवचन र शुभाषिस दिनु हुने छ । यस्तै देश विदेशका सन्त महापुरुषहरुले पनि विशेष वचनामृत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । यज्ञअवधिभर धनधान्यञ्चल महापर्व, नवकुण्डमा ३० ब्रहाम्णबाट दैनिक ध्वनात्मक पुजन, प्रातकालमा महारुद्री, सन्ध्यामा महाआरती, दीप प्रज्वलन, व्रतबन्ध लगायतका पुण्डित कर्महरु हुने छन् ।
आश्रममा अहिले ९० बटुक र ३० शिक्षक कर्मचारी गरी १ सय २० जना आवासिय रहेको हुँदा खर्च जुटाउन हम्यहम्य भएको छ । मूलतः त्यसैको लागि खाद्यान्ह र खर्च जुटाउन यो यज्ञ गर्न लागिएको लोकानन्द स्वामीले बताउनु भयो । उहाँका अनुसार १ हजार क्विन्टल चामल र ५ सय क्विन्टल धान संकलन गर्ने लक्ष्य राखिएको छ ।
उद्घाटनपूर्व आज यज्ञस्थलबाट कलस यात्रा निकालिएको थियो । कलस यात्राले कैलाश आश्रम परिक्रमा गर्दै पुनः यज्ञस्थलमा आइ समापन भएको थियो । विगतका बर्षहरुमा निरन्तर पुराण गर्ने परम्परा अनुसार कोरोनाको बीचमा पनि आयोजना भएको महायज्ञको सुरुको दिन उल्लसामय भएको छ । महायज्ञ स्थलमा आउन नपाए पनि घरघरबाट भक्तजनले सहयोग गरेका छन् । आश्रममा भोलीबाट दैनिक अध्यात्मिक प्रवचन हुने आयोजकले जनाएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया