

सत्यस्वरुपकाे कवाली शैलीको गीत सार्वजनिक




काठमाडौं– गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीतको भिडियो सार्वजनिक गरिएको छ।
‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको हो।
राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरू प्रयोग गरिएको भिडियोको निर्देशन कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्। म्युजिक भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ।
भिडियोमा राजकुमारको भूमिका चक्लेटी हिरो पल शाहले निभाएका छन्। राजकुमारीको भूमिकामा सिक्कीमेली मोडल छुकिला शेर्पा छन्।
भिडियोमा होटल याक एण्ड यतीलाई आलिसान दरबारको रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्य कवाली गाउँदै गरेका देखिन्छन्। आलिया गिरीको पहिरन डिजाइन सुहाउँदो देखिन्छ। गीतका शब्द अमृत खतिवडा (भाञ्जा भाइ) तथा सत्यराज र स्वरुपराज एवम् उदयराज पौडेलका हुन्।
कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसीले गरेका छन्।
म्युजिक भिडियोका छायांकार सुदीप बराल हुन्। गीतको भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया