

गुट्खा व्यापारीसँग घुस लिँदैै गर्दा बुटवलका राजश्व प्रमुख पक्राउ




ई–साझाकुरा, साउन २०
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत विजय राना घुससहित पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस वापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिनुभएको छ ।
रानाले व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचना पाएपछि अख्तियार टोलीले केही दिनदेखि उनलाई निगरानी गरिरहेको थियो । उनलाई अनुसन्धान गर्ने क्रममा बिहान साढे १० बजे अख्तियार टोलीले पक्राउ गरेको हो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया