

गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा



बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्।
२०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि अन्सारीले गोली प्रहार गरेका थिए। घटनापछि उनी भारततर्फ फरार भई लुकिछिपी बस्दै आएका थिए।
अन्सारी नेपाल प्रवेश गरी नवलपरासीमा रहेको विशेष सूचनाका आधारमा २०८३ कात्तिक १ गते दिउँसो अन्दाजी १५:०० बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट उनलाई पक्राउ गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
Shivam Cement
प्रहरीले अन्सारीको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका अन्सारीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया