

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित



जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ ।
जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो । खेलको पहिलो हाफमा थाइल्यान्डसँग नेपाल २४–१५ ले पछि परेको थियो । त्यस्तै खेलको दोस्रो हाफमा त्यसमा सुधार गर्दै नेपालले थाइल्यान्डमाथि ३१–१९ ले खेल आफनो पक्षमा पार्यो । त्यससँगै नेपालले थाइल्यान्डमाथि समग्रमा ४६–४३ अङ्कले जित्न आफनो पक्षमा ल्याउन सफल भयो ।
एसियाली खेलकुदमा आशा गरिएको खेलबाट सोचेअनुसारको नतिजा नआइरहेका बेला महिला कबड्डीको उक्त जित भने नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो १९ औँ संस्करणको एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाएको थियो । जारी प्रतियोगितामा नेपाल बी समूहमा छ । नेपालको समुहमा थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन् । लिग चरणमा नेपालले अब श्रीलङ्का र चाइनिज ताइपेसँग खेल्नेछ ।
त्यस्तै समूह ए मा भने इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया