
लुम्बिनी प्रदेशका तीन जिल्लामा कोरोनाका संक्रमित ५०० भन्दा बढी पुगे

मंसिर ३ कपिलवस्तु
काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न १३ जिल्लामा कोरोनाको संक्रमण बढी देखिएको छ । अहिले ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला देशभर १३ वटा छन् भने लुम्बिनी प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, पाल्पा र दाङमा कोरोनाका सक्रिय संक्रमित पाँच सय भन्दा बढी रहेका छन् । हाल मनाङमा मात्रै शून्य संक्रमित रहेको छ ।
यसैबिच लुम्बिनी प्रदेश भर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले सम्म २३४ पुगेको छ । त्यस्तै प्रदेशभर हाल सम्म कोराना संक्रमण पुष्टिहुनेको संँख्या २१ हजार ८ सय ५४ पुगेको छ । लुम्बिनी प्रदेशको नियमित कोरोना प्रेस व्रिफिङ्का क्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार हाल लुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ३ हजार ४ सय २८ रहेको छ । ति मध्ये २५१ जनामा लक्ष्यण सहितिको संक्रमण रहेको छ । हाल सम्म डिस्चार्ज हुनको संख्या १८ हजार १ सय ८९ रहेको छ । पछिल्लो पटक कात्तिक २९ गते देखि मंसिर २ गते सम्म प्रदेशका विभिन्न जिल्लाबाट ३३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस मध्ये कपिलवस्तु जिल्लामा यो समयमा थप १८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया