

प्रथम नुवाकोट हाफ म्याराथनमा अजय पाण्डे प्रथम



कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट एथलेटिक्स क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजित प्रथम नुवाकोट हाफ म्याराथुन दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
हाफ म्याराथुन पुरुषतर्फ लुम्बिनी प्रदेशका अजय पाण्डेले १ घन्टा १७ मिनेट ५३ सेकेन्डको समय निकाल्दै प्रथम स्थान हासिल गर्नुभयो। ताप्लेजुङका रमेश लिम्बु १ घन्टा १९ मिनेट ५२ सेकेन्डसहित द्वितीय तथा सोलुखुम्बुका लोकेन्द्र राई १ घन्टा २० मिनेट १० सेकेन्डका साथ तृतीय हुन सफल हुनुभयो।
१० किलोमिटर खुला महिलातर्फ पाँचथरकी पुष्पा शेर्पा लिम्बु प्रथम, सिन्धुलीकी मन्जु सुनुवार द्वितीय र नुवाकोट एथलेटिक्स क्लबकी सोनु घतानी तृतीय स्थानमा रहनुभयो।
५० वर्ष माथि भेट्रान्स समूहमा काठमाडौंका रेवत दाहाल, दाङका भिमबहादुर गुरुङ र लमजुङका राजु भण्डारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो।
छात्रतर्फ ब्राइट होराइजन चिल्ड्रेन स्कुल चन्दागिरिका हस्त सुनार प्रथम, भोटेनाम्लाङ माध्यमिक विद्यालय सिन्धुपाल्चोकका सन्दीप तामाङ द्वितीय तथा श्रीकृष्ण माध्यमिक विद्यालय चागुनारायण नगरपालिकाका विकास कार्की तृतीय हुनुभयो।
छात्रातर्फ भोटेनाम्लाङ माध्यमिक विद्यालयकी प्रनिशा कार्की प्रथम, वर्ल्ड युथ इन्टरनेशनल एकेडेमीकी सुजिना रामदाम द्वितीय र श्री जगत प्रकाश जङ्ग शाह संस्कृत विद्यालय नुवाकोटकी सेविका प्याकुरेल तृतीय हुनुभयो।
स्थानीय जिल्लातर्फ शिवपुरी गाउँपालिका–३ का हरिचन्द तामाङ प्रथम, बिदुर नगरपालिका–१ का मनिष श्रेष्ठ द्वितीय र सोही पालिका–७ का रोशन तामाङ तृतीय हुन सफल हुनुभयो।
कार्यक्रमका प्रमुख अतिथि क्लबका सल्लाहकार, राष्ट्रिय कराते खेलाडी, वरिष्ठ साहित्यकार तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष समाजसेवी श्रीराम श्रेष्ठले सम्पूर्ण विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
दौड नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट सुरु भई बिदुर–ढुंगे–त्रिशुली हुँदै सोही रुट फर्केर बटार बजार, गगटे, माझिटार, पिपलटार, देविघाट हुँदै पुनः क्याम्पसमा आएर समापन गरिएको थियो।
प्रतियोगिताले नुवाकोटमा खेलकुद प्रवर्द्धन तथा धावकहरूलाई थप प्रेरणा दिएको आयोजकले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया