

प्रथम नुवाकोट हाफ म्याराथनमा अजय पाण्डे प्रथम

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट एथलेटिक्स क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजित प्रथम नुवाकोट हाफ म्याराथुन दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
हाफ म्याराथुन पुरुषतर्फ लुम्बिनी प्रदेशका अजय पाण्डेले १ घन्टा १७ मिनेट ५३ सेकेन्डको समय निकाल्दै प्रथम स्थान हासिल गर्नुभयो। ताप्लेजुङका रमेश लिम्बु १ घन्टा १९ मिनेट ५२ सेकेन्डसहित द्वितीय तथा सोलुखुम्बुका लोकेन्द्र राई १ घन्टा २० मिनेट १० सेकेन्डका साथ तृतीय हुन सफल हुनुभयो।
१० किलोमिटर खुला महिलातर्फ पाँचथरकी पुष्पा शेर्पा लिम्बु प्रथम, सिन्धुलीकी मन्जु सुनुवार द्वितीय र नुवाकोट एथलेटिक्स क्लबकी सोनु घतानी तृतीय स्थानमा रहनुभयो।
५० वर्ष माथि भेट्रान्स समूहमा काठमाडौंका रेवत दाहाल, दाङका भिमबहादुर गुरुङ र लमजुङका राजु भण्डारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो।
छात्रतर्फ ब्राइट होराइजन चिल्ड्रेन स्कुल चन्दागिरिका हस्त सुनार प्रथम, भोटेनाम्लाङ माध्यमिक विद्यालय सिन्धुपाल्चोकका सन्दीप तामाङ द्वितीय तथा श्रीकृष्ण माध्यमिक विद्यालय चागुनारायण नगरपालिकाका विकास कार्की तृतीय हुनुभयो।
छात्रातर्फ भोटेनाम्लाङ माध्यमिक विद्यालयकी प्रनिशा कार्की प्रथम, वर्ल्ड युथ इन्टरनेशनल एकेडेमीकी सुजिना रामदाम द्वितीय र श्री जगत प्रकाश जङ्ग शाह संस्कृत विद्यालय नुवाकोटकी सेविका प्याकुरेल तृतीय हुनुभयो।
स्थानीय जिल्लातर्फ शिवपुरी गाउँपालिका–३ का हरिचन्द तामाङ प्रथम, बिदुर नगरपालिका–१ का मनिष श्रेष्ठ द्वितीय र सोही पालिका–७ का रोशन तामाङ तृतीय हुन सफल हुनुभयो।
कार्यक्रमका प्रमुख अतिथि क्लबका सल्लाहकार, राष्ट्रिय कराते खेलाडी, वरिष्ठ साहित्यकार तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष समाजसेवी श्रीराम श्रेष्ठले सम्पूर्ण विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
दौड नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट सुरु भई बिदुर–ढुंगे–त्रिशुली हुँदै सोही रुट फर्केर बटार बजार, गगटे, माझिटार, पिपलटार, देविघाट हुँदै पुनः क्याम्पसमा आएर समापन गरिएको थियो।
प्रतियोगिताले नुवाकोटमा खेलकुद प्रवर्द्धन तथा धावकहरूलाई थप प्रेरणा दिएको आयोजकले जनाएको छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया