कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

 देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया  बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

खबर सबै