

आजको मौसम : तराईका केही ठाँउमा हुस्सु


आज सुदूरपश्चिमबाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । तराइ क्षेत्रमा दिउँसोसम्म नै हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा बढेको छ । बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको थियो ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया