

कपिलवस्तुमा १ हजार ५३८ जना अस्थायी मतदाता



कपिलवस्तु | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता रहेका छन । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जारी गरेको प्रारम्भिक विवरण अनुसार यसमा केही थपिन सक्ने जनाइएको छ ।
समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता निश्चल मोक्तानले बताए ।
जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामति र संस्थान अन्तरगतका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदीबन्दीको विवरण संकलन गरेर नामावली प्रकाशित गरिएको उनले बताए।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको संख्या र नामावली माग गरेको थियो। तीमध्ये नेपाल प्रहरीको नामावली अझै प्राप्त नभएकोले यो संख्या बढ्ने उनले बताए।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया