

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना


आजदेखि देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षासँगै उच्च हिमाली भू–भागहरुमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । वरिष्ठ मौसमविद् वरुण पौडेलले आउँदो माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ ।
यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुमा सामान्य वर्षा र उच्च हिमाली भू–भागहरुमा मध्यम खालको हिमपात भएको थियो । अहिले देशभर मौसम मुख्यतया सफा रहेपनि तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
आजदेखि आउने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुको साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् । यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुको साथै तापक्रम औसतभन्दा माथी रहेको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया