

आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’



कपिलवस्तु | बाणगंगा नगरपालिका–८, चप्परगाउँ निवासी शिक्षिका पार्वती आचार्य विगत ६ महिना देखि बोन म्यारो रोगबाट ग्रसित हुनुहुन्छ । सामान्य परिवारकी आचार्य हाल सिभिल अस्पताल, काठमाडौंमा उपचाररत रहनु भएको छ ।
बोन म्यारो जस्तो जटिल तथा गम्भीर रोगका कारण चिकित्सकले बोन म्यारो प्रत्यारोपण अनिवार्य रहेको बताएका छन् । आचार्यकी छोरी दिक्षा आचार्यका अनुसार उक्त प्रत्यारोपण प्रक्रिया अत्यन्तै खर्चिलो हुने भएकाले परिवारले सबैसँग आर्थिक सहयोगको अपिल गरेको हो ।
चार सदस्यीय परिवारमा आचार्यका श्रीमान् पेशाले शिक्षक हुनुहुन्छ । शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएकी आचार्य सानैदेखि सामाजिक सेवाभावले ओतप्रोत रहँदै आउनुभएको थियो । तर गम्भीर रोगका कारण उहाँ विगत ६ महिनादेखि विद्यालय जान सक्नु भएको छैन ।
बोन म्यारो सम्बन्धी गम्भीर रोगबाट पीडित आमाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भए पनि सो रकम परिवारसँग उपलब्ध नभएकाले विभिन्न संघ–संस्था, निकाय तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगका लागि अपिल गरिएको दिक्षा आचार्यले बताउनुभएको छ ।

नेपालमा गम्भीर प्रकृतिका रोगको उपचारका लागि राज्यबाट पर्याप्त सुविधा उपलब्ध नहुँदा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचार अत्यन्तै महँगो पर्ने गरेको पीडित परिवारको गुनासो छ ।
उहाँलाई सहयोग गर्न इच्छुक महानुभावहरूले तल उल्लेखित बैंक खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।
नामः शिक्षा आचार्य
बैंकः एन.एम.बी. बैंक
खाता नं.ः ०५१०२३६०१७२०००१८
शाखा कोडः ०५१


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया