

आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’


कपिलवस्तु | बाणगंगा नगरपालिका–८, चप्परगाउँ निवासी शिक्षिका पार्वती आचार्य विगत ६ महिना देखि बोन म्यारो रोगबाट ग्रसित हुनुहुन्छ । सामान्य परिवारकी आचार्य हाल सिभिल अस्पताल, काठमाडौंमा उपचाररत रहनु भएको छ ।
बोन म्यारो जस्तो जटिल तथा गम्भीर रोगका कारण चिकित्सकले बोन म्यारो प्रत्यारोपण अनिवार्य रहेको बताएका छन् । आचार्यकी छोरी दिक्षा आचार्यका अनुसार उक्त प्रत्यारोपण प्रक्रिया अत्यन्तै खर्चिलो हुने भएकाले परिवारले सबैसँग आर्थिक सहयोगको अपिल गरेको हो ।
चार सदस्यीय परिवारमा आचार्यका श्रीमान् पेशाले शिक्षक हुनुहुन्छ । शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएकी आचार्य सानैदेखि सामाजिक सेवाभावले ओतप्रोत रहँदै आउनुभएको थियो । तर गम्भीर रोगका कारण उहाँ विगत ६ महिनादेखि विद्यालय जान सक्नु भएको छैन ।
बोन म्यारो सम्बन्धी गम्भीर रोगबाट पीडित आमाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भए पनि सो रकम परिवारसँग उपलब्ध नभएकाले विभिन्न संघ–संस्था, निकाय तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगका लागि अपिल गरिएको दिक्षा आचार्यले बताउनुभएको छ ।

नेपालमा गम्भीर प्रकृतिका रोगको उपचारका लागि राज्यबाट पर्याप्त सुविधा उपलब्ध नहुँदा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचार अत्यन्तै महँगो पर्ने गरेको पीडित परिवारको गुनासो छ ।
उहाँलाई सहयोग गर्न इच्छुक महानुभावहरूले तल उल्लेखित बैंक खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।
नामः शिक्षा आचार्य
बैंकः एन.एम.बी. बैंक
खाता नं.ः ०५१०२३६०१७२०००१८
शाखा कोडः ०५१


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया