

कोइलिचौर सामुदायिक वनद्वारा निःशुल्क आँखा शिविर, ४ सयभन्दा बढी लाभान्वित



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरस्थित कोइलिचौर सामुदायिक वन उपभोक्ता समूहले वडाबासीका लागि निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । समाजसेवी कृष्णबहादुर कुवरको सहयोगमा आयोजना गरिएको शिविरमा ४ सयभन्दा बढी स्थानीयले आँखा परीक्षण गराएका छन् ।
शिविरमा नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गतको अम्बिका आँखा अस्पताल, तौलिहवाको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको थियो । परीक्षणका क्रममा करिब एक सयभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । साथै मोतियाविन्दु समस्या देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, समाजसेवी कृष्णबहादुर कुवर, सल्लाहकार सदस्य नारायण खनाल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।
शिविर सञ्चालनमा कोइलिचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणि भुसाल, सचिव सुस्मा थापा, सहसचिव देवकला कार्की, कोषाध्यक्ष माधुरी सेन लगायतका पदाधिकारी तथा सदस्यहरूले सहजीकरण गरेका थिए ।
स्थानीय स्तरमै निःशुल्क आँखा उपचार सेवा उपलब्ध हुँदा सर्वसाधारण लाभान्वित भएको सहभागीहरूले बताएका छन् । शिविरका दृष्टि राेग विशेषज्ञ प्रमाेद यादवले चेकजाँच सेवा दिएका थिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया