

कोइलिचौर सामुदायिक वनद्वारा निःशुल्क आँखा शिविर, ४ सयभन्दा बढी लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरस्थित कोइलिचौर सामुदायिक वन उपभोक्ता समूहले वडाबासीका लागि निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । समाजसेवी कृष्णबहादुर कुवरको सहयोगमा आयोजना गरिएको शिविरमा ४ सयभन्दा बढी स्थानीयले आँखा परीक्षण गराएका छन् ।
शिविरमा नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गतको अम्बिका आँखा अस्पताल, तौलिहवाको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको थियो । परीक्षणका क्रममा करिब एक सयभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । साथै मोतियाविन्दु समस्या देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, समाजसेवी कृष्णबहादुर कुवर, सल्लाहकार सदस्य नारायण खनाल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।
शिविर सञ्चालनमा कोइलिचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणि भुसाल, सचिव सुस्मा थापा, सहसचिव देवकला कार्की, कोषाध्यक्ष माधुरी सेन लगायतका पदाधिकारी तथा सदस्यहरूले सहजीकरण गरेका थिए ।
स्थानीय स्तरमै निःशुल्क आँखा उपचार सेवा उपलब्ध हुँदा सर्वसाधारण लाभान्वित भएको सहभागीहरूले बताएका छन् । शिविरका दृष्टि राेग विशेषज्ञ प्रमाेद यादवले चेकजाँच सेवा दिएका थिए ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया