कपिलवस्तुका तीन नेता एमाले केन्द्रीय सदस्यमा निर्वाचित

कपिलवस्तु । नेकपा (एमाले) को ११औं महाधिवेशनबाट कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्दै तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पूर्व मन्त्री बलराम अधिकारी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य

गिरिधारिलाल न्यौपाने र शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुनु । न्खुल्ला तर्फ उम्मेदवारी दिएका पूर्व मन्त्री बलराम अधिकारीले १ हजार १२२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। त्यस्तै खुल्ला तर्फकै उम्मेदवार गिरिधारिताल न्यौपानेले १ हजार ३४ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए भने महिला खुल्ला तर्फबाट उम्मेदवार बनेकी शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारले १ हजार १०९ मत प्राप्त गरी प्रभावशाली मतसहित विजय हासिल गरिन् ।

नेताको केन्द्रीय कमिटीमा प्रवेशसँगै कपिलवस्तुको राजनीतिक प्रतिनिधित्व थप मजबुत हुने अपेक्षा गरिए‌को छ ।

प्रतिक्रिया

खबर सबै