

आइपिएलको अक्सनमा १३ सय ५५ खेलाडी दर्ता



इण्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ को मिनी अक्सनका लागि कुल १३ सय ५५ खेलाडीहरूले दर्ता भएका छन् ।
खेलाडी दर्ताको अन्तिम मिति नोभेम्बर ३० रहेकोमा यस समयसम्म १३ सय ५५ खेलाडी दर्ता भएका हुन् । फ्रान्चाइजीहरूले अब प्रमुख खेलाडीहरूमा सहमति जनाउनेछन्, र त्यसपछि लिलामीको लागि खेलाडीहरूको अन्तिम सूची तयार गरिने बताइएको छ ।
क्रिकइन्फोको रिपोर्ट अनुसार, यी १३ सय ५५ दर्ता भएका खेलाडीहरू मध्ये ४५ ले उच्चतम श्रेणी २ करोड भारु श्रेणीमा दर्ता गरेका छन् । यस सूचीमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको नाम समावेश गरिएको छैन, यसको अर्थ उनी लिलामीमा समावेश हुने छैनन् । म्याक्सवेलले यस सिजनको अक्सनमा आफु समावेश नहुने जानकारी दिएका छन् ।
त्यस्तै क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, स्टिभ स्मिथ, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिशा पाथिराना र वानिन्दु हसरंगा जस्ता खेलाडी यस सूचीमा समावेश रहेका छन् । खेलाडीको अक्सन यस बर्ष डिसेम्बर १६ मा अबुधाबीमा एकै दिन मात्र हुने बताइएको छ ।
प्रत्येक फ्रान्चाइजीले २५ खेलाडीहरू सम्मको टोली बनाउन सक्ने छन् । यस आधारमा, लिलामीमा बढीमा ७७ खेलाडीहरु मात्र किनिने छन्, जसमध्ये ३१ विदेशी खेलाडीहरू हुने छन् ।
उच्चतम आधार मुल्यमा विदेशी र केही भारतीय दुवै नामहरू समावेश छन्, तर केवल दुई भारतीय खेलाडीहरू, वेंकटेश अय्यर र रवि बिश्नोईले आफूलाई यो उच्चतम आधार मूल्यमा राखेका छन् ।
आइपीएलले अहिलेसम्म सार्बजनिक रुपमा खेलाडीको सूची जारी गरेको छैन तर मिडिया रिपोर्टका अनुसार नेपाली खेलाडी भने दर्ता भएका छैनन् ।
अक्सन सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकासहित १४ देशका विदेशी खेलाडीहरू दर्ता भएका छन् । त्यस्तै मलेसियाबाट पनि एक खेलाडीको नाम छ । भारतमा जन्मेका दायाँ हाते अलराउन्डर विरनदीप सिंहले ३० लाखको आधार मूल्यमा आफ्नो नाम दर्ता गरेका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया