

मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू



नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताइन्।
केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ।
भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उनले बताइन्।
उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरिन्।
बिहीवार बेलुकादेखि शनिवारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष शतर्कता अपनाउनुपर्ने उनले बताइन्। देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। स अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ।
उनले भनिन्, ‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ। केही ठाउँहरुमा हल्कासम्म वर्षाको सम्भावना रहन्छ। बेलुका भने हल्कादेखि मध्यमसम्म थोरै स्थानहरूमा आउन सक्ने सम्भावना छ, साथै बेलुकाबाट नै उच्च हिमाली तथा पहाडी भूभागहरूमा हिमपातको सम्भावना रहन्छ। आज बेलुकाबाट शनिबारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ, विशेष गरी उच्च पहाडी र हिमाली भूभागहरूमा बढी सतर्क हुनुपर्ने देखिन्छ। अरू स्थानहरूमा मध्यम, हल्कादेखि मध्यमसम्म वर्षाको धेरै ठाउँमा सम्भावना छ। भारी वर्षाको धेरै थोरै ठाउँहरूमा सम्भावना रहेको छ। अब धान काट्नेलाई पाकिसकेको धानलाई चाहिँ अब हामीले अगाडि नै भनेका थियौँ, अब चाहिँ काट्नु राम्रो हुँदैन, अब यो इभेन्ट सकिसकेपछि धान काट्नलाई केही फरक पर्दैन।’


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया