

चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना



बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुने सम्भावना रहेको जनाएको छ । प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सवारी आवागमन रोक्न र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायलाई जोखिमबारे नागरिकलाई सुसूचित गर्न तथा उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया