खोलामा डुबेर एक जनाको मृत्यु

कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसीले जानकारी दिए ।

आज दिउँसो घोराही-१५ कटुवा खोलामा डुबेर बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक डा.केसीले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै