

देशभर चिसो बढ्यो


काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो ।
काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको छ । गत बिहीबार अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौंको बिहीबार बिहानको तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै जुम्लाको न्यूनतम तापक्रम बिहीबार बिहान माइनस ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार जुम्लाको तापक्रम माइनस २ डिग्री थियो ।
गत बिहीबार अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री तथा न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री मापन भएको नेपालगन्जको बिहीबार बिहानको अधिकतम तापक्रम २७ तथा न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
जनकपुरको बिहीबार बिहानको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गत बिहीबार जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको थियो ।
यस्तै विराटनगरको बिहीबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया