लायन्स क्लव अफ कपिलवस्तुद्धारा आयोजित Peace Poster Contest को उपाधि लिटर स्टारलाई

लायन्स क्लब अफ कपिलवस्तु द्वारा आज “Together As One” शीर्षकमा आयोजित Peace Poster Contest कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। नगर क्षेत्रका ११ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेका यस प्रतियोगिताले बालबालिकामा सिर्जनशीलता, सहकार्य र विश्वशान्तिको सन्देश प्रसारित गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा हतौसा लिटर स्टारकी सचिना ब्याम्बोले प्रथम स्थान प्राप्त गरेकी भने ज्ञानपुन्ज बोङिङ्ग स्कुल राजपुरकी समृद्धि पाण्डेय दोस्रो तथा एभरग्रिन बोङिङ्ग स्कुलकी उमा बानियाँ तेस्रो स्थानमा हात पारेकि थिन् ।

कार्यक्रमका प्रमुख अतिथि वाणगङ्गा नगरपालिका–२ का वडाध्यक्ष तथा नगर प्रवक्ता बिष्णु पौडेल रहेका थिए। कार्यक्रममा निर्णायक होमेश घिमिरे, कार्यक्रम संयोजक ओमप्रकाश घिमिरे, लायन्स GAT लिडर सुरेन्द्र घिमिरे, रामशुभागे थारु, सागर पोखरेल, क्लबका पदाधिकारीहरू, लायन्स सदस्यहरू, सहभागी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्री बिष्णु पौडेलले बालबालिकामा सिर्जनशील सोच र सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त महत्वपूर्ण हुने बदाउदै शान्ति भनेको केवल हिंसा नहुनु मात्र होइन, आपसी समझदारी, सहअस्तित्व र प्रेमपूर्ण सहकार्यको नाम हो। Peace Poster Contest जस्ता कार्यक्रमहरूले बालबालिकालाई यही सन्देश सिकाउँछन् र उनीहरूलाई भविष्यका जिम्मेवार नागरिक बनाउने प्रेरणा दिने कुरामा जोड गरेका थिए ।

कार्यक्रम हिलबड इग्लिस बोङिङ्ग स्कुल परिसरमा सम्पन्न भएको हो। सोही विद्यालय परिवारले स्थल प्रदान गरी सहयोग गरेको थियो भने पुरस्कार प्रायोजन गर्ने विभिन्न संस्थाहरूले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

कार्यक्रमका अन्त्यमा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै शुभकामना व्यक्त गर्दै “Peace Poster Contest ले बालबालिकामा सिर्जनशील अभिव्यक्ति र विश्वशान्तिको सोच विकास गर्न मद्दत पुर्‍याउँछ। यो अभियानले हाम्रो समाजमा सहअस्तित्व र एकताको सन्देश फैलाएको बताएका छन् ।

लायन्स क्लब अफ कपिलवस्तु परिवारले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, विद्यालय, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सहभागी सबै बालबालिकालाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

खबर सबै