
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार

कपिलवस्तु । जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेकाे छ ।
कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानहरुबारे जानकारी गराएकाे थियाे ।
आर्थिक बर्ष २०८१/०८२ मा शान्ति पुनर्स्थापना गृह शाखा कपिलवस्तुले जिल्ला भरिबाट भारत लगायत अन्य मुलुकबाट परामर्श मार्फत उद्धार गरिएका चेलीबेटी ७५३९ छन भने उद्धार गरिएका ३७३ जना रहेका छन । त्यसतै ५ जनामाथि मुद्दा दर्ता समेत गरिएकाे कपिलवस्तु शाखाका प्रमुुख दिनेश तिमिल्सिना ले बताउनुभयाे ।
शान्ति पुनर्स्थापना गृहकाे कपिलवस्तु जिल्लामा कृष्णनगर शाखा, मर्यादपुर सम्पर्क कार्यालय , चाकरचाैडा सम्पर्क कार्यालय र चन्द्राैटामा सम्पर्क कार्यालय मार्फत कार्यसम्पादन गर्दै आएकाे राष्ट्रिय उद्धार संयाेजक भुमिराज भट्टराईले बताउनुभएकाे छ।
खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सराेकारवाला संस्थाले निर्णायक भुमिका खेल्दै जानुपर्ने प्रजिअ जनार्दन गाैतमले सुझाउनुभएकाे थियाे ।
कार्यक्रममा पुर्वमन्त्री अर्जुन केसी, प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , प्रहरी उपरिक्षक सन्ताेष आचार्य, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रितेश शर्मा , गैसस प्रदेश अध्यक्ष सुशिला बेलबासे महादेव पाेख्रेल , उपप्रमुख शिवकुमारी थारु ,जिल्ला समन्वय समिति पदाधिकारी , वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत जनप्रतिनिधि , समाजसेवी, सुरक्षा निकाय , पत्रकार लगायत सराेकारवालाकाे उपस्थिति थियाे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया