

दाङका प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता



दाङ गढवा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले योगी र बज्र गुरू कन्सट्रक्सन कम्पनी प्रालि कुपण्डोल, ललितपुर र उक्त प्रालिका प्रबन्धक निर्देशक (एमडी) लक्षम्णकुमार रानाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरीत बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम हिनामिना गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनीहरूले ९५ लाख ९८ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ। सोही अनुसार बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया