

दाङका प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता



दाङ गढवा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले योगी र बज्र गुरू कन्सट्रक्सन कम्पनी प्रालि कुपण्डोल, ललितपुर र उक्त प्रालिका प्रबन्धक निर्देशक (एमडी) लक्षम्णकुमार रानाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरीत बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम हिनामिना गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनीहरूले ९५ लाख ९८ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ। सोही अनुसार बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया