

आजभन्दा भोलि ठूलो वर्षा हुने, ‘मोन्था’ शनिबार दिउँसो बाहिरिने


अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव दखिन सुरु भएको छ । अरब सागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायूका कारण आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ ।
“अहिले सबैभन्दा धेरै कोसीमा वर्षा भइरहेको छ । सबैभन्दा कम लुम्बिनीमा छ,” मौसमविद् विनु महजर्न बाह्रखरीसँग भन्छिन्, “तर, अहिले हल्का वर्षा भइरहेको छ ।”
आज धेरैजस्तो ठाउँमा हल्का वर्षा हुनेछ । केही स्थानमा मात्रै भारी वर्षा हुनेछ । केही स्थानमा केही मिलिमिटरले मात्रै भारी वर्षा मापन हुने सम्भावना रहेको उनको भनाइ छ ।
“काठमाडौंमा आज हल्का वर्षा हुनेछ । भोलि पनि काठमाडौंमा हल्का वर्षाकै सम्भावना धेरै छ । भोलि भने काठमाडौंका केही स्थानमा हल्काबाट थोरै भारी वर्षा हुनेछ,” मौसमविद् महर्जन प्रष्ट पार्छिन् ।
आजभन्दा ‘मोन्था’को प्रभाव भोलि धेरै देखिनेछ । त्यसैले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । आज दिउँसोबाट ‘मोन्था’को प्रभाव केही बढ्दै जाने र रातिबाट थप बढ्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा पनि रातिबाट यसको प्रभाव बढी देखिनेछ । प्रभाव बढ्दै जाँदा वर्षा पनि ठूलो हुँदै जानेछ ।
“सेन्ट्रलबाट प्रवेश गरेर यो प्रणाली विस्तारै पूर्वतर्फ सर्दै जानेछ,” मौसमविद् महर्जन भन्छिन्, “शनिबार बिहानबाट केही कम हुँदै जानेछ र दिउँसो मोन्था नेपालबाट बाहिरनेछ ।”
यसैबीच, आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ ।
प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया